Tue. May 21st, 2024

भारतमा २१ दिने लकडाउन आज समाप्त हुँदै, प्रधामन्त्री मोदीद्वारा पुनः दुई हप्ताको लागि लकडाउन बढाउने संभावना

काठमाडौं, २०७७ बैशाक २ गते मंगलबार

भारतमा कोरोना संक्रमण रोक्न सरकारले जारी गरेको २१ दिने लकडाउनको समयसीमा आज समाप्त हुँदैछ ।

लकडाउनको समयसीमा समाप्त हुनै लाग्दा लकडाउन पुन बढाउने वा अन्त गर्ने भन्ने विषयमा त्यहाँ गम्भिर वहस भैरहेको छ । वीवीसीका अनुसार ओडिशा, पंजाब, महाराष्ट्र, तेलंगाना, पश्चिम बंगाल, कर्नाटक,तमिलनाडु राज्यले लकडाउनको समय बढाउने घोषणा पहिले नै गरिसकेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो पटक विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग गर्नुभएको भिडियो सम्वादबाट प्राप्त सुझाव तथा रायको आधारमा ऐले विहान स्थानीय समय अनुसार १० वजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । सो सम्बोधनमा मोदीले लकडाउनको समयसीमा बढाउने सम्भावना रहेको धेरैको अनुमान छ ।

२१ दिनसम्म कायम रहेको लकडाउनले भारतको अर्थव्यवस्थामा गम्भिर असर परेको सन्दर्भमा लकडाउनको समय बढाउनु उहाँका लागि त्यत्ति सहज छैन । तथापी पछिल्ला २१ दिनमा कोरोना संक्रमण विरुद्ध भारत सरकारबाट चालिएका कदमहरुकै कारण त्यहाँ संक्रमण अत्यन्त ढिलो गतिमा फैलिएको बुझ्न गाह्रो छैन ।

यदी भारतमा लकडाउको समय बढ्यो भने त्यसको पुरै असर नेपालमा पनि पर्ने पक्का छ । खासगरी नेपाल र भारतबीच खुलासीमाना भएकोले पनि भारतमा हुने अप्ठेरो परिस्थितीको सृजनाले नेपाललाई पनि अप्ठेरो बनाउने गरेको छ ।

त्यसैले यदि प्रधानमन्त्री मोदीले लकडाउनको अवधि लम्ब्याउने घोषणा गर्नुभयो भने नेपालमा स्वत लकडाउनको समय बढाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म त्यहाँ ९ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी ३ सय २४ जनाको मृत्यु भैसकेको छ भने ९ सय ८९ जना उपचारपछि निको भएकाछन् ।

Facebook Comments