Tue. May 21st, 2024

भारतमा लकडाउनको समय बढाएर मे ३ सम्म पुर्याइयो

- जनताको जीवन भन्दा भारतको अर्थतन्त्र ठूलो नभएको प्रधानमन्त्री मोदीको भनाई

काठमाडौं, २०७७ बैशाक २ गते मंगलबार

भारतमा कायम रहेको लकडाउनको समय बढाएर मे ३ (बैशाख २१) सम्म पुर्याइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भख्खरै देशबासीको नाममा सम्बोधन गर्दै विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न लकडाउनको समय बढाउनु परेको बताउनु भयो । झण्डै २४ मिनेट लामो सम्बोधनमा प्रधानमन्त्री मोदीले वितेका २१ दिनमा भारतीय जनताले अत्यन्त ठूलो कष्ट सहेर लकडाउनलाई समर्थन गरेकोमा आफु आभारी रहेको बताउनु भयो ।

लकडाउनको कारण जनताले मात्र कष्ट सहनु परेको नभई मुलुकको अर्थतन्त्र पनि माथि पनि गम्भिर असर परेको भन्दै प्रधानमन्त्री मोदीले जनताको जीवन भन्दा भारतको अर्थतन्त्र ठूलो नभएको बताउनु भयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले लकडाउनलाई एकसातासम्म अत्यन्त कडाईका साथ लागु गर्ने बताउदै त्यसलाई घरमै बसेर पालना गर्न र सामाजिक दूरी कायम राख्न पनि आग्रह गर्नुभयो ।

Facebook Comments