Fri. May 10th, 2024

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार नजिक, संक्रमितको संख्या १२ लाख ७३ हजार

- अमेरिकामा ३ लाख ३६ हजार ६ सय ७३ संक्रमित ९ हजार ६ सय १६ जनाले ज्यान गुमाए

काठमाडौं, २०७६ चैत २४ गते सोमबार

विश्वभरी नै कोेरोना भाइरसको संक्रमण बढिरहे पनि गत हप्ताको तुलनामा आईतबार संक्रमणको मात्रा केही कम देखिएको छ ।

सोमबार विहान ७ बजेसम्म १२ लाख ७२ हजार ९ सय ५३ जनामा यसको संक्रमण देखिएको छ भने ६९ हजार ४ सय २८ जनाको ज्यान गएको छ । कोरोना संक्रमणपछि उपचारपछि  निको भएकाहरुको संख्या २ लाख ६२ हजार ३ सय ३१ जना रहेको विविसीले जनाएको छ ।

Facebook Comments