Fri. May 10th, 2024

कोरोना भाइरस विरुद्ध भारतमा भव्य दिपावली

काठमाडौं, २०७६ चैत २३ गते आईतबार

विश्वभरी महामारीको रुपमा फैलिएको कोराना भाइरस विरुद्ध भारतमा भव्य दिपावली सम्पन्न गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्ध एक अर्ब ३० करोड जनताको वलियो एकता छ भन्ने सन्देश दिन आईतबार साँझ ९ वजेदेखि ९ मिनेटसम्म दीपावली गर्न भारतीय जनतालाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री मोदीकोे सोही आग्रहलाई स्विकार गर्दै भारतभरी अन्धकाररुपी कोरोनाको अन्तका लागि दिपावली गरिएको हो ।

भारतीय सञ्चार माध्यमहरुले देशका मुख्य मुख्य शहरहरुमा गरिएको दिप प्रज्वलनको प्रत्यक्ष प्रसारण गरेका थिए । दिप प्रज्वलनको दृश्यले तिहारको जस्तै झल्को दिएको थियो । मानिसहरुले भारतीय समय अनुसार रातको ठीक ९ बजे घरको सबै बत्ति निभाएर मूलढोका र बार्दलीमा उभिएर ९ मिनेटसम्म दिपावली गरेका थिए ।

भारतको प्रमुख विपक्षी दल भारतीय कंग्रेस पार्टीले प्रधानमन्त्री मोदीद्वारा आह्वान गरिएको दिपावलीलाई अन्धविश्वासको संज्ञा दिएको छ । सो पार्टीका केही नेताहरुले ताली बजाउन लगाउने, थाल ठटाउन लगाउने र दिपावली गर्न लगाउने मोदीको कार्यलाई आउँदो चुनावको रणनीति हो भनेका छन् ।

पछिल्लो जानकारी अनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या ३ हजार ५ सय ८८ रहेको छ भने ९९ जनाको मृत्यु भएको छ ।

Facebook Comments