Thu. May 2nd, 2024

अमेरिकाको न्यूयोर्क शहरमा कोरोनाबाट ४ जना नेपालीको मृत्यु

काठमाडौं, २०७६ चैत २४ गते सोमबार

विश्वकै घना आवादी भएको अमेरिकाको न्यूयोर्क शहरमा कोरोना भाइरसको संक्रमणबाट ४ जना नेपालीको मृत्यु भएको छ ।

जसका कारण त्यस क्षेत्रमा बसेका नेपालीहरुमा त्रास बढेको छ । न्युयोर्कका सामाजिक अभियन्ता,एनआरएन अमेरिकाका कार्यदल सदस्य, लायन्स क्लब अफ क्विन्स बुद्ध शाखाका संस्थापक अध्यक्ष तथा भ्वाईस अफ काठमाडौंका समाचारदाता कृष्ण आचार्य नेपालीहरुको मृत्युकोे खबरले स्तब्ध बनाएको बताउनु भयो ।

आचार्यका अनुसार अमेरिकामा संकटकाल घोषणा गरिएको भए पनि सार्वजनिक यातायातका साधनहरु भने सञ्चालन भैरहेका छन् फरक यत्ति हो पहिले निक्कै बाक्लो चल्थे अहिले थोरै । सुरु सुरुमा कोरोना केही होईन र यसले केही पनि गर्दैन भन्नेहरुमा नै यसको असर बढी देखिएको छ । सुरुका दिनहरुमा मानिसहरु माक्स नलगाई हिड्ने, सुपरमार्केट, रेष्टुरा आदि स्थानमा बाक्लो जमघट हुने लगायतका कार्यले कोरोनाको संक्रमण बढेको उहाँको भनाई छ । त्यसैगरी ठूलाठूला घरहरुमा सामूहिक रुपमा धेरै मानिसहरु बस्नु पर्ने बाध्यताले पनि कोरोना भाइरस फैलने मौका मिलेको उहाँको ठहर छ ।

आचार्य भन्नु हुन्छ यहाँ हरेक कुरालाई मानव अधिकारसँग जोडेर हेर्ने गरिन्छ । मानिसहरुले स्वतन्त्रताको नाउमा स्वच्छ हुन खोज्दा पनि यो समस्या आएको हो । अहिले पनि अमेरिकामा लकडाउनको अवस्था छ तर मानिस गम्भिर देखिन्दैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १ लाखसम्म पुगे पनि आफ्नो जीत हुने कुरो किन सार्वजनिक गर्नु भयो होला त भनि गरिएको प्रश्नमा आचार्य भन्नु हुन्छ सायद मानिसहरु कोरोना संक्रमणबाट सचेत होउन भन्ने उद्देश्य हुन सक्छ । आचार्यका अनुसार न्यूयोर्कको क्विन्स शहरमा मात्र १ लाखको हाराहारीमा नेपालीहरु बस्छन् ।

Facebook Comments