Fri. May 10th, 2024

अमेरिकी जनताकाे ज्यान चीनको हातमा, सहयोगमा चीनले दियाे एक हजार भेन्टिलेटर

काठमाडौं, २०७६ चैत २३ गते आईतबार

अमेरिकी जनताको ज्यान चीनको हातमा रहेको सीएनएनले बताएको छ ।

कुनै बेला घृणित शत्रुको रुपमा व्याख्या गरिएको कम्युनिष्ट देश चीनले मात्र अमेरिकी जनताको ज्यान जोगाउन सकिने सीएनएनले बताएको हो ।
कोरोना भाइरस (कोभिड-१९) को उद्घमस्थल चीनको उहानलाई केन्द्रविन्दु बनाएको बेला अमेरिकाले अमेरिकी जनताको स्वास्थ्य र जीवनको खतरा मानेको चीनकै प्रविधिमा अमेरिका अहिले भर पर्नुपरेको छ ।

अमेरिकाले कोभिड-१९ सँग लड्न चीनसँग १७ हजार भेन्टिलेटरको माग गरेको छ । न्यूयोर्क गभर्नर एन्ड्रयु कुउमाले तत्काल चीनले एकहजार भेन्टिलेटर अनुदानमा सहयोग गरेको बताउनुभयो ।
चिनिया सरकारको आधिकारिक निकायका अनुसार चीनमा भेन्टिलेटर बनाउने २१ उद्योगहरुमा अहिले विश्वका विभिन्न देशबाट बीसहजार भेन्टिलेटर माग भएका छन् ।

सो संख्या आउँदो दिनमा बढ्नेछ । गोरखापत्र अनलाईनबाट

Facebook Comments