Tue. May 14th, 2024

चीनको सीमापार व्यापार पुनः सुरु

काठमाडौं, २०७६ चैत २१ गते शुक्रबार

नयाँ कोरोना भाइरस महामारीले विश्वव्यापी बजार र उपभोगलाई रोकिरहेको छ। विश्व व्यवसायहरू र पूँजीले महामारी रोकथाम र नियन्त्रण अन्तर्गत बजार सफलता र व्यापारिक मोडल सिर्जनाका लागि अवसरहरूको खोजी गरिरहेका छन्।

यस समयमा, चीन-यूरोप कार्गो रेलको सामान्य रूपमा सञ्चालन पुनः सुरु गरिरहेको छ। ठूला रेल सामग्री यातायातको पुनःबहालीबाट रोकिएको एशिया-यूरोप देशहरुको बजार पुनरुत्थान गरिने छ। आशियान देशहरुका फलफूलहरू रेल पोर्ट मार्फत् चीनमा प्रवेश गरिरहेका छन्। हाङ्चौ सीमा पार गर्ने ई-वाणिज्यको निर्यात घोषणा मात्राले एक दिगो र द्रूत वृद्धि कायम राखेको छ, र निर्यात गन्तव्यहरु रूस, स्पेन, फ्रान्स आदि यूरोपेली देशहरु पर्दछन्। यी व्यवहारिक कार्यहरूले विश्वव्यापी आपूर्ति श्रृंखलालाई प्रभावकारि रूपमा मर्मत गर्दैछ।

चिनियाँ बजार र उपभोग बिस्तारै पुनःसुचारु हुनुले विश्वव्यापी आपूर्ति श्रृंखला मर्मतको अवसर र शक्ति ल्याएको छ। आपूर्ति श्रृंखला मर्मत गरिएको र समयमै पुनः सञ्चालन भएमात्र, विश्वका विभिन्न देशहरूले प्रस्तुत गरिएका आर्थिक नीति र उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नसक्नेछन्। सीआरआई नेपाली सेवाबाट

Facebook Comments