Fri. May 3rd, 2024

“दशौं लाख मुस्लिमलाई बन्दी बनाएको” अमेरिकी आरोपको चीनद्वारा खण्डन

काठमाडौं, २०७६ चैत २१ गते शुक्रबार

अमेरिकी राज्य परिषद् अन्तर्गत अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता दूत साम ब्राउनब्याकले धार्मिक विश्वासका कारण चीनले दशौं लाख सिञ्च्याङ् मुस्लिमहरु लगायत ठूलो संख्यामा मानिसहरूलाई बन्दी बनाएको आरोप लगाउनुभएको छ।

आज पैचिंगमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले उहाँका अभिव्यक्तिको खण्डन गर्दै चीनलाई बदनाम नगर्न चेतावनी दिनुभयो।

प्रवक्ता ह्वाले कडा परिश्रम पछि चिनियाँ जनताले महामारी विरूद्धको लडाईँमा सकारात्मक नतिजा हासिल गरेको भन्दै बहुसंख्यक मुस्लिमहरू सहित सबै चिनियाँ जनताको स्वास्थ्य र जीवनरक्षाको पूर्ण ग्यारेन्टी गरिएको र विश्वव्यापी जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याइएको दावी गर्नुभयो।

प्रवक्ता ह्वाले यो विश्वव्यापी रूपमा स्वीकार गरिएको तथ्य भएकाले ब्राउनब्याक जस्ता केही अमेरिकी राजनीतिज्ञहरूले यस तथ्यलाई वेवास्ता गर्छन्‌ भन्नुभयो। सीआरआई नेपाली सेवाबाट

Facebook Comments