Tue. May 7th, 2024

कोरोना भाइरसले अमेरिकामा दुई लाख मानिसको ज्यान लिन सक्ने चेतावनी

काठमाडौं, २०७६ चैत १७ गते सोमबार

अमेरीकी सरकारका संक्रामक बीरामी विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको कारण अमेरिकामा एकदेखि दुई लाख जनाको ज्यान जान सक्ने चेतावनी दिनुभएको छ ।

विश्वभरीमा कोरोना भाइरसबाट आज सम्म ३३ हजार भन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । यस भाइरसबाट संक्रमित मानिसहरुको संख्या निरन्तर बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभरीमा यस भाइरसबाट ७ लाख १६ हजार १ सय १ जना संक्रमित भएका छन् ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सोशल डिस्टेंसिंग गाइडलाइंसको समयावधि ३० अप्रिलसम्म बढाउनु भएको छ ।

भारतमा कोरोना भाइरसबाट आजसम्म २७ जनाको मृत्यु भएको छ भने १ हजार भन्दा धेरै मानिसमा यसको संक्रमण देखिएको छ ।

इटाली सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै लकडाउनको समय बढाएको छ । त्यहाँ आजसम्म १० हजार ७ सय ७९ जनाको मृत्यु भएको छ । विविसी

Facebook Comments