Tue. Apr 30th, 2024

चीनको ‘सुनौलो घण्टी साँस्कृतिक समूह’ का ख्यातिप्राप्त कलाकारहरूको भव्य सांगीतिक प्रस्तुति

भिओके समाचार/ काठमाण्डू, २०८० भदौ १४ गते बिहीबार । चीनको ‘सुनौलो घण्टी साँस्कृतिक समुह’ का ख्याती प्राप्त कलाकारहरुले काठमाण्डूमा भव्य सांगितिक प्रस्तुती गरेका छन् ।

उपराष्ट्रति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा आज साँझ काठमाण्डूको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लवमा उनीहरुले चिनियाँ स्वाद र शैलिका विभिन्न सांगितिक प्रस्तुतीहरु गरेका हुन् ।

नेपालस्थित चिनियाँ राजदूतावासको प्रायोजन र सुचौ चाईनिज अरकेष्ट्राको आयोजनामा सम्पन्न सो सांगितिक कार्यक्रममा सुन्दर फूल र पूर्णचन्द्र नामक धुन तथा रेशम मार्ग नामक धुन, नेपाली रेशम फिरिरी गीतको धुन, सियानङ नदीमा बसन्त नामक एकल बाँसुरी धुन, कु चङ चिनियाँ सितार बादन, खुन चिनियाँ अपेरा, फीफा धुन, चिनियाँ सहनाइ धुन जस्ता प्रस्तुती मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, चाईनिज आर्ट एण्ड इन्टरटेमेन्ट ग्रुप, वल्र्ड कल्चरल नेटा र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्को सहआयोजनामा सम्पन्न सो साँगितिक समारोहमा मेरो मातृभूमि र युवा नृत्य नामक एकलल गायन, चीनको सिनच्याङ प्रान्तमा लोकप्रीय युवा नृत्य नाम गित समेत प्रस्तुत गरिएको थियो ।

समारोहमा झण्डै १५ सय वर्ष पहिलेदेखि हाल प्रयोगमा आएका पछिल्ला साँगितिक बाजाहरुमार्फत विविध प्रस्तुती गरिएको थियो ।

सो साँगितिक समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि चिनियाँ राजदूत छन सोङले  हिमाल र नदीहरुले जोडिएका नेपाल र चीन प्राचिनकालदेखिका असल मित्र भएको बताउँनु भयो । राजदूत छन सोङले सभ्याताको सुरुवातदेखिनै यी दुइदेशबीचको सम्बन्ध गहिरो र सहयोगात्क रहँदै आएको बताउनु हुँदै चीनको ‘सुनौलो घण्टी साँस्कृतिक समुह’ का ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीले नेपाली जनतालाई चीनको साँगितीक क्षेत्रका बारेमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चियाङ याङ, सुन स्रली, रेन चिए, तु लिनयाङ, छन् च्युन, कोङ सुआङ, मियाओ सरयुन, वाङ सियाओ, ल्यु थिङथिङ, फान छाओ लगायतका कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शक तथा कार्यक्रममा सहभागी उच्चपदस्थ महानुभावहरु उत्साही भएका थिए ।

Facebook Comments