Fri. Sep 20th, 2024

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा.राउत   

काठमाण्डौं, २०७९ पुस ४ गते सोमबार । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन हुनुभएको छ ।

पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।

Facebook Comments