Fri. Sep 20th, 2024

चारआली जङ्गलमा दुईवटा शव भेटिए

गौरादह, २०७९ पुस ४ गते सोमबार । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा आज दुई शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ । उहाँका अनुसार शवको पहिचान भइसकेको छैन । रासस

Facebook Comments