Wed. Apr 24th, 2024

चार पूर्वमन्त्री, दुई पूर्व सचिव सहित १७५ विरुद्ध मुद्दा दायर

काठमाडौं, २०७६ माघ २२ गते बुधबार

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने संलग्नमाथि चार पूर्वमन्त्री दुई पूर्व सचिव लगायत १७५ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू विजय कुमार गच्छदार, चन्द्रदेब जोशी, डम्बरबहादुर श्रेष्ठ तथा छविराज पन्त विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
त्यसै गरी पूर्व सचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व आयुक्त दीपबहादुर बस्नेत, दिनेशहरि अधिकारी विरुद्ध पनि मुद्दा दायर गरेको छ । त्यस्तै सो त्यस्तै सो प्रकरणका मुख्य पात्र भनिएका शोभाकान्त ढकाल तथा मीनबाहदुर गुरुङ विरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले पूवमन्त्री गच्छदार विरुद्ध नौ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशी विरुद्ध सात करोड आठ लाख ४८ हजार, डम्बरबहादुर श्रेष्ठ विरुद्ध नौ करोड ६५ लाख ७६ हजार विगो कायम गरेकाे छ ।
त्यस्तै पूर्व सचिव दिनेशहरि अधिकारी विरुद्ध सात करोड आठ लाख ४८ हजार दीप बस्नेतको नौ करोड ६५ लाख ७६ हजार छविराज पन्त नौ करोड ६५ लाख ७६ हजार विगो कायम गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी गराउनुभयो ।
त्यस्तै यस काण्डका मुख्य पात्र शोभाकान्त ढकल विरुद्ध ३९ करोड २७ लाख ६८ हजार र भाटभटेनी सुपर मार्केट मालिक मीनबहादुर गुरुङ ११ करोड २० लाख
सो मुद्दामा ११० जना विरुद्ध विगो तथा सजायँको माग दावि गरेको र एनआरएनकाे जग्गा सहित  ६५ जनाको भने सम्पति जफत गर्न माग बुधबार दायर आरोप पत्रमा छ ।

मृत्यु भएका सात जनाको सजायँ माफी
अख्तियार दुरुपयोग आयोग अनुसन्धानले ललिता निवास प्रकरणमा अख्तियारबाट विशेष अदालतमा दायार अभियाेगपत्रमा  सातजना प्रतिवादीहरुको मृत्यु भइसकेकाले सजायँ दावी गरिएकाे छैन ।
मृत्यु भइसकेकाले उनीहरुले गरेका भ्रष्टाचारजन्य क्रियाकलापमा दोषी ठहर गरिए पनि माफी पाएका छन् ।
उनीहरुबाट भएका भ्रष्टाचारका रकम कसूर हुँदाको सरकारी मूल्यांकनको रकम क्षतिपूर्तिसहित विगो पनि माफी सहित मिनाहा हुने भएको छ । तर भ्रष्टाचार गरी जोडेको अचल सम्पत्ति वा पाएको सम्पत्ति भने जफत गर्ने दावी अख्तियारले गरेको छ ।
यसरी मृत्यु भएकाहरुमा भूमिसुधार तथा व्यवस्थापन विभागका महानिर्देश मुकुन्दप्रसाद आचार्य, सातलाख ५१ हजार, मालपोत कार्यालय डिल्लीबजारका नायब सुब्बा जगतप्रसाद पुडासैनी, दुई करोड २६ लाख, ८५ हजार पाँचसय, सोही कार्यालयका मालपोत अधिकृत परशुराम पोखेल, ३२ करोड १९ लाख २० हजार रुपियाँको भष्टाचार भएको देखिएको छ ।
त्यसैगरी, गैरकानूनी रुपमा जग्गा दर्ता गराएर जग्गाधनी र मोही भएका व्यक्तिहरुको पनि मृत्यु भएकाले उनीहरुलाई पनि सजाँय नहुने उल्लेख गरिएको छ ।
त्यसरी सजाँय नपाउनेमा मृतकहरु हेमन शम्सेर जबरा १३ करोड ५ पाँच लाख २२ हजार ५०, सुनिती राणा ८ करोड ६९ लाख ८२ हजार, शैलजा राणा ९ करोड ६३ लाख ४हजार ५० रुपियाँको विगोसहित क्षतिपूर्ति रहेका छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments