Sat. Apr 20th, 2024

नेपाल टेलिभिजनका पूर्व महाप्रवन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौं, २०७६ माघ २२ गते बुधबार

नेपाल टेलिभिजनका पूर्व महाप्रवन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ। राजधानीको मनमोहन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान ११ बजे शर्माको मृत्यु भएको परिवार स्रोतले जनाएको छ। उहाँ मुटुसँग सम्बन्धित रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

छातीमा संक्रमण भएका कारण उहाँलाई पाँच दिनअघि गंगालाल अस्पतालमा भर्ना गरिएको थियो र उहाँलाई मंगलबार साँझ मनमोहन अस्पताल रेफर गरिएको थियो।

वि।सं। १९४७ मा इलामको मध्यम वर्गीय परिवारमा उहाँको जन्म भएको थियो। शर्मा एक अनुभवी तथा लोकप्रीय सञ्चारकर्मी हुनुहुन्थ्यो जसले सरकारी टेलिभिजनलाई जीवन्त पार्न योगदान समेत गर्नुभएको थियो। उहाँले नेपाल टेलिभिजनमा महा प्रबन्धकको रूपमा पाँच वर्ष काम गर्नुभएको थियो ।

उहाँ नेपाल टेलिभिजनमा विश्व घटणाु कार्यक्रमका लागि लोकप्रिय लोकप्रीय हुनुहुन्थ्यो। यहीं कार्यक्रमका कारण उहाँले नेपाली जनताबाट धेरै प्रशंसा पनि कमाउनु भएको थियो। उहाँले ुबीना राहधानीको बिदेसयात्राु, ुबरसा आमसञ्चार मु, र ुहेन्डबुक अन ब्रोडकास्टि जर्नालिज्मु, जस्ता धेरै पुस्तकहरू पनि लेख्नु भएको छ। नेपाल टेलिभिजनमा प्रवेश गर्नु भन्दा पहिले उहाँ पञ्चायत कालमा गोरखापत्रमा सहायक सम्पादकको रूपमा काम गर्नुहुन्थ्यो। सन् २००५ मा सेवानिवृत्त भएपछि, उहाँले गोल्डेन गेट अन्तर्राष्ट्रिय कलेज, बत्तीसपुतालीमा प्रसारण पत्रकारिताको शिक्षा पनि दिनुभएको थियो ।

यस्तै, शर्माले रिपब्लिका र नागिक दैनिक जस्ता मुख्यधारका समाचारपत्रहरूमा समेत समसामयिक विषयहरूमा रहेर लेखहरू प्रकाशित गर्नुभएको थियो । नागरिक न्यूज अनलाईनबाट

भ्वाईस अफ काठमाडौंको तर्फबाट वरिष्ठ पत्रकार दुर्गानाथ शर्माप्रति हार्दिक श्रद्धासुमन् ।

Facebook Comments