Sat. Oct 19th, 2024

नेपाली सञ्चार क्षेत्रको इतिहासमै पहिलो पटक हाई अल्टिच्युट टक शो “Talk From the Top” को शुभारम्भ

गोरखा, २०७९ असोज ७ गते शुक्रबार । नेपाली सञ्चार क्षेत्रको इतिहासमै पहिलो पटक हाई अल्टिच्युट टक शो “Talk From the Top” को शुभारम्भ गरिएको छ ।

आज (२०७९ असोज ७) शुक्रबार बिहान मनास्लु हिमालको आधार शिविरको करिब ५ हजार मिटर उचाईमा रे टेलिभिजन एचडीका अध्यक्ष प्रकाशवाबु पौडेलले उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो । उक्त कार्यक्रमलाई विश्वका विभिन्न ३० वटा भन्दा बढि देशहरुबाट समेत प्रसारणका लागि समन्वय भईरहेको जानकारी समेत पौडेलले दिनुभयो ।

विश्वमा भईरहेको जलवायु परिवर्तनका कारण हिमाल पग्लने लगायतका विभिन्न असरहरुलाई न्युनिकरण गर्नका लागि विश्वसामु सन्देश पुर्याएर यसको रोकथामका लागि पहल गर्ने उद्देश्यका साथ यो कार्यक्रमको सुरुवात गर्न लागिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

नेपालको पर्यटनको मेरुदण्डको रुपमा रहेका हिमालहरु, हिमाल आरोहण, ट्रेकिङ लगायतका पर्यटनसँँग सम्वन्धित गतिविधिहरुले नेपाली अर्थतन्त्रलाई मात्र टेवा नपुर्याई विश्व सामु नेपाल र नेपालीलाई समेत चिनाउन सफल भएपनि नेपालीहरुका लागि हिमाल आरोहण, पर्यटकिय गतिविधिहरुसँग सम्वन्धित विभिन्न अवसर, सम्भावना, चुनौतीहरु, हिमाल आरोहीहरुका कथा, अनुभव र हिमालका विभिन्न वस्तुस्थितिबो जानकारी गराउँने उद्देश्य साथ नेपाली सञ्चार क्षेत्रमा एउटा फरक कार्यक्रम लिएर आउन लागेको रे टेलिभिजनका समाचार संयोजक श्याम राना मगरले जानकारी दिनुभयो ।

 

हाईफाईभ एडभेन्र्चस प्रा.ली.का प्रवन्ध निर्देशक तथा रे टेलभिजन एचडीका एडभेन्चर्स रिर्पोटर एवम् कार्यक्रम “Talk From the Top” का प्रस्तोता हिमाल आरोही नर्विन मगरले हिमाली क्षेत्रको आरोहण लगायतका विभिन्न गतिविधिबारेमा स्थलगत रिपोर्टिङ गर्र्दैै आरोहीहरुको हिमालको चुचुरोमा पुग्दाको छुट्टै अनुभवलाई हिमालकै चुचुरोबाट लिने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विभिन्न ८ हजार मिटरका १४ वटा हिमाल, सातैवटा महादेशका अग्ला हिमाल लगायत विश्वका ६ हजार मिटर भन्दा माथिका हिमालहरुको चुचुरोबाट कार्यक्रम “Talk From the Top” को छाँयाङ्कन गरि निर्माण गर्न लागिएको बताउनुभयो ।

कार्यक्रम प्रस्तोता नर्विन मगरले सन् २०१८ देखि मैले जलवायु परिवर्तनलाई रोक्नुपर्छ भन्ने सन्देश दिन “Save Himalayas For Safe Future” भन्ने नारा सहित विश्वका सात वटा महादेश मध्ये सर्वोच्च शिखर सगरमाथा लगायत ४ वटा महादेशका अग्ला हिमालहरुको सफल आरोहण गरिसक्नु भएको छ ।

साथै कोभिड-१९ को महामारीले विश्वभरि मानव जीवनमा फैलिएको त्रास र त्यसपछिको अस्तव्यस्त जीवनशैलीसंगै आर्थिक संकट र सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई समेटेर “विश्व शान्ति” को नारा सहित सन् २०२२ मे २७ FIFA World Cup Replica Trophy र २११ वटा फिफामा आवद्ध देशहरुको झण्डा सर्वोच्च शिखर सगरमाथामा पुर्याएर दोस्रो पटक सफल आरोहण समेत गरिसक्नु भएको छ ।

Talk From the Top कार्यक्रम साहसिक कथा मात्रै नभई जलवायु परिवर्तनको कारण विश्वतापमानमा बृद्धि र यसले पारेको प्रभाव र असरसँग जोडिएको संवेदनशील विषयसँग सम्वन्धित कार्यक्रम पनि भएकाले नेपाल सरकार, पर्यटन क्षेत्र, हिमाल आरोही लगायत देश विदेशका सम्पूर्ण संघ संस्था, व्यक्ति तथा समुदायसँग समेत समन्वय र हातेमालो गरि अगाडि बढ्ने र सोका लागि कार्यक्रममा आह्वान समेत गरिएको छ ।

 

फोटो : श्याम राना मगर, रे टेलिभिजन

Facebook Comments