प्रधानमन्त्री शाह स्वदेश फिर्ता
काठमाण्डू । प्रधानमन्त्री शाह स्वदेश फिर्ता फर्कनु भएको छ ।
चौध सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका जानु भएका शाह आज स्वदेश फर्किनुभएको हो ।
यही असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले नेपाली समय अनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
त्यसलगत्तै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुभएको थियो । जलवायु परिवर्तनबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुले भोग्नु परेका समस्याबारे बेलैमा सचेत रहन प्रधानमन्त्री शाहले सम्बोधन मार्फत आग्रह गर्नुभएको थियो ।
भ्रमणका क्रममा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी हुनुभएका प्रधानमन्त्री शाह न्यूयोर्कबाट दोहा हुँदै काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भख्खरै उत्रिनु भएको हो ।

