Sat. Oct 19th, 2024

साङ्घाई सहयोग सङ्गठन शिखर सम्मेलन समरकन्दमा

नयाँ दिल्ली, २०७९ भदौं २७ गते सोमबार । प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिना हुन लागेको सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा आफ्ना पाकिस्तानी समकक्ष शहबाज शरीफ, चिनियाँ राष्ट्रपति सी चिननफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने अपेक्षा गरिएको छ। शिखर सम्मेलन यही महिनाको १५ र १६ गते उजबेकिस्तानको समरकन्दमा हुँदै छ ।

फाईल फोटो

भारतको विदेश मन्त्रालको प्रेस विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदी एससीओ काउन्सिल अफ हेड्स अफ स्टेटको २२ औं बैठकमा भाग लिन समरकन्द जाँदै हुनुहुन्छ। उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभको निमन्त्रणामा प्रधानमन्त्री मोदी समरकन्द जान लाग्नु भएको हो ।

“उज्बेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभको निमन्त्रणामा प्रधानमन्त्री नरेन्द्र मोदीले शाङ्घाई सहयोग सङ्गठन को राष्ट्र प्रमुखहरूको परिषद्को २२ औं बैठकमा भाग लिन बताइएको छ ।

शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूका नेताहरू, पर्यवेक्षक राष्ट्रहरू महासचिव, क्षेत्रीय आतङ्कवाद विरोधी संरचनाका कार्यकारी निर्देशक, तुर्कमेनिस्तानका राष्ट्रपति र अन्य आमन्त्रित अतिथिहरू सहभागी हुने बताइएको छ। शिखर सम्मेलनमा नेताहरूले सङ्गठनका विगत दुई वर्षका गतिविधिहरूको समीक्षा गर्ने अपेक्षा गरिएको छ । रासस/एएनआई

Facebook Comments