Sat. May 18th, 2024

फिलिपिन्समा कोरोनाबाट ३८ जनाको मृत्यु

मनिला, २०७९ भदौं २७ गते सोमबार । फिलिपिन्समा सोमबार दुई हजार ३८ जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३,९०८,२९५ पुगेको छ।

स्वास्थ्य विभागका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५,२६२ मा झरेको छ । थप ३८ बिरामीहरू सङ्क्रमणको जटिलताबाट मृत्यु भएको छ । साथै सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६२,३४२ पुगेको छ। रासस/सिन्ह्वा

Facebook Comments