२०८३ आश्विन १०, शनिवार

रसुवा-भोटेकोशी बाढीः ५ हजार २८५ जना सम्पर्कविहीन   

बाढीले खण्डहर बनाएको बेत्रावती क्षेत्र नुवाकोट, १७ भदौः गत १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले खण्डहर बनाएको नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावती क्षेत्र । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

       

काठमाण्डू । भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ ।

हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ । तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

यसैगरी, दुई हजार ६० जनाको डिएनए नमूना सङ्कलन भएको छ । बाढीमा घाइते भएका सात जनाको उपचार जारी छ भने सुरक्षा निकायमार्फत १० हजार ९८८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।  रासस

Facebook Comments