Sun. Dec 8th, 2024

गायिका आस्था राउतमाथि अनुसन्धान गर्न चार दिनको म्याद

गायिका आस्था राउत

काठमाडौं, २०७६ माघ १३ गते सोमबार

गायिका अस्था राउतमाथि अनुसन्धान गर्न दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई चार दिनको समय दिएको छ ।

प्रहरीले अनुसन्धानका लागि समय अभाव भएको भन्दा पाँच दिनका लागि म्याद थप गर्न माग गरेको चार दिनको म्याद दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो ।

गायिका राउत सोमबार प्रहरीको सम्पर्कमा आउनु भएको थियो । सात दिन थुनामा राख्ने अनुमति मागेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत माग भएपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिनुभएको हो ।

पाँच दिन थुनामा राखेर अनुशन्धान अनुमति मागेकोमा आफूले चार दिनको समय दिएको प्रमुख जिल्ला अधिकारी दाहालले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

‘सरकारी वकिलले पाँच दिनको समय मागेको थियो, अपराधको कसुर र अनुसन्धानको अवस्था हेरेर मैले चार दिनको समय दिएको हुँ,’ – प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो ।

गत माघ १ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुरव्यबहार गरेको आरोप गायिका राउतमाथि लागेको छ । प्रहरी जवान श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments