Sun. May 19th, 2024

नवनिर्वाचित सभामुख सापकोटाद्वारा पद तथा गोपनीयताको सपथ

काठमाडौं, २०७६ माघ १३ गते सोमबार

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबिच सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित रहनुभएको थियो ।

यसैबीच सभामुख सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिनुभएको छ ।

सोमबार सपथपछि पदभार ग्रहण गर्नुभएका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । जवाफमा उहाले भन्नुभयो, यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्यनन गर्दै जाउँ, यसलाई अहिले किन हतार गर्नुपर्‍यो र ।’

Facebook Comments