Sat. Oct 19th, 2024

ताइवानबारे जी-७ को वक्तव्य “फोहोरको कागज” परराष्ट्रमन्त्री वाङ यी

काठमाण्डौं, २०७९ साउन २० गते शुक्रबार । अगस्ट ४ तारिख साँझ कम्बोडियाको राजधानी नोमपेन्हमा पूर्वी एसिया सहयोग सम्बन्धी परराष्ट्र मन्त्रीहरूको बैठक शृंखलाको क्रममा चिनियाँ राज्य परिषद्का सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले चाइना मिडिया ग्रूप (सिएमजी) का पत्रकारसँग विशेष अन्तर्वार्ता दिनुभएको छ।

पश्चिममा जी-७ का देशहरूले एकसाथ भेला भएर ताइवान जलडमरूको वर्तमान अवस्थाको बारेमा तथाकथित वक्तव्य जारी गरेको विषयमा चीनले कडा विरोध गरेको कुरा मन्त्री वाङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘आन्तरिक मामिलामा गैर-हस्तक्षेप विश्वमा शान्ति तथा स्थिरता कायम राख्नको लागि सबैभन्दा आधारभूत सिद्धान्त हो। मलाई विश्वास छ कि यो तथाकथित वक्तव्य “फोहोरको कागज” मात्रै हो।”  मन्त्री वाङले भन्नुभयो, ‘देखेको कुरा के हो भने १ सय भन्दा बढी देशहरू आफ्नो भावना प्रकट गर्दै एक चीनको पक्षमा रहेका छन्। आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनलाई समर्थन गर्दै चीनमाथिको सार्वभौमसत्ताको उल्लङ्घनको विरोध गर्न अगाडि आएका छन्। संयुक्त राष्ट्रसंघले पनि बयान दिएको हामीले देखेका छौं।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र उहाँका प्रवक्ताले क्रमशः संयुक्त राष्ट्र संघको प्रस्तावना २७५८ लाई पालना गरिरहने बताएका छन्। सो प्रस्तावनामा एउटा मात्रै चीन रहेको र ताइवान चीनको एक हिस्सा भएको कुरा प्रकट गरिएको छ। मलाई विश्वास छ कि यो अन्तर्राष्ट्रिय समुदायको वास्तविक साझा आवाज हो। ” सीआरआई

Facebook Comments