Sat. Oct 19th, 2024

विराटनगरमा एकदिवसीय मानशिक स्वास्थ सम्बन्धि गोष्ठी

महेश भट्टराई/बिराटनगर, २०७९ साउन २० गते शुक्रबार । बिराटनगरमा सामाजिक सेवामा कृयाशिल युवाहरूको समुह HOC द्वारा बिराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्किको प्रमुख आतिथ्यता , वडा न. ४ अध्यक्ष जितन थापा , वरिष्ठ अधिवक्ता गणेश लुइँटेल , समाजसेवी तथा नेतृ सरस्वती भण्डारीको विशेष आतिथ्यता र विभिन्न सामाजिक तथा राजनैतिक नेतृत्वमा रहनुभएका ब्यक्तित्वहरुको आतिथ्यतामा  ” एकदिवसीय मानशिक स्वास्थ सम्बन्धि गोष्ठी ” कार्यक्रम सम्पन्न भएको छ ।

आज सम्पन्न  गोष्ठीमा बिराटनगर महानगर भरीका २० वटा कलेजहरु बाट ( प्रत्येक प्लस 2 बाट २ /२ जना ) विद्यार्थीहरु सहभागी गराइएको थियो । गोष्ठीमा कोशी अञ्चल अस्पतालका वरिष्ठ मानशिक रोग बिसेसज्ञ डा. आलोक झा र महेन्द्र मोरङ्ग क्याम्पस बिराटनगर मनोबिज्ञान विषयका प्राध्यापक सुजन बिष्ट द्वारा १/१ घन्टाका  कक्षाहरु  संचालन गरिएको थियो ।

कार्यक्रमको समापन मा बोल्दै प्रमुख अतिथि शिल्पा निराला कार्कीले यस्ता खाले कार्यक्रमहरु समाजलाई पछिल्लो समय अति आवास्यक भएको र यस्ता खाले सामाजिक संस्थाहरुलाई प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिनुभयो । पछिल्लो समय मानशिक रोगबाट प्रताडित हुने समाजको समस्यालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष केशब भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments