Sat. Oct 19th, 2024

परराष्ट्र मन्त्री खड्का साउन २४ गते चीन जाने

परराष्ट्रमन्त्री डा. नारायण खड्का

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २० गते शुक्रबार । परराष्ट्रमन्त्री डा . नारायण खड्का अर्को साता चीन भ्रमणमा जानुहुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा उहाँ तीन दिने भ्रमणमा चीन जान लाग्नुभएको हो ।

परराष्ट्रमन्त्री डा. खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

परराष्ट्रमन्त्री डा. खड्काले चिनियाँ समकक्षीसँग साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा बैठक गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका बेला डा.खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नुहुने छ ।

परराष्ट्रमन्त्री डा. खड्का आगामी बिहीबार नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Facebook Comments