Fri. Apr 26th, 2024

चीनमा आज भव्य रुपमा नव वर्ष मनाईन्दै

काठमाडौं, २०७६ माघ ११ गते शनिबार
चिनिया जनता आज शनिवार हर्षोल्लासका साथ चिनिया नव वर्ष एवम् वसन्त उत्सव मनाउँदैछन् ।

हामी नेपालीहरुको राष्ट्रिय चाड दशैं जस्तै वसन्त चाड पनि चिनियाहरुको सवै भन्दा ठूलो राष्ट्रिय चाड हो । चिनिया नव वर्षलाई अंग्रेजीमा स्प्रीङ फेस्टिवल भनिन्छ । वसन्त चाड विश्व भर फैलिएर रहेका चिनिया जनताका लागि एक महत्वपूर्ण पर्व हो ।

चिनिया पात्रो र मितिहरू सूर्यमा आधारित नभई परम्परागत रुपमा चन्द्रमामा आधारित हुन्छन् । यो नयाँ वर्ष लुनार (चन्द्रमामा आधारित) पात्रोको शुरूवात संगै सुरु हुन्छ र १५औं दिन लालटिन पर्व (ल्यान्टर्न फेस्टिवल) का साथ अन्त्य हुन्छ ।

चिनियाहरू यो पर्वलाई १५ दिन सम्म मनाउने गर्दछन । बिदाको दिन साँझमा उनीहरू परिवारमा जम्मा भइ खाना खान आउने गर्दछन । त्यो खानालाई “रेयुनिनल डिनर” भन्ने गरिन्छ । जतिसुकै टाढा भएपनि चिनियाहरू कम्तिमा बर्षमा एकपल्ट यो समय आफ्नो परिवारसँग भेट्ने कोसिस गर्छन । खानामा रमाइलो गर्नुको साथसाथै परिवार सँगै नयाँ वर्षको सन्ध्याको पर्व (New Year Eve’s gala) पनि हेर्ने गर्छन । विवाहित छोरीहरू पनि आफ्नो आमाबुबालाई भेट्न माइतमा जाने गर्छन ।

नयाँ वर्षको सुरुवातका पहिला केही दिनहरूमा चिनियाँहरू आफ्नो हजुरबुबा हजुरआमा, आमाबुबा साथीहरू र नातेदारहरूसँग भेटघाट गर्ने गर्छन । वृद्ध तथा विवाहित मानिसहरू बच्चाहरूलाई रातो कागचवाला प्याकेटहरू दिन्छन । त्यो प्याकेट भित्र पैसा हुन्छ जुन भाग्यले दिएको विश्वास गरिन्छ ।

चिनियाँहरू घुम्न जाँदा नयाँ कपडाहरू लगाएर जाने गर्छन्, जुन प्रायः रातो रङ्गमा हुने गर्छ । जब उनिहरू अरू मानिसलाई देख्छन्, उनिहरू सुभकामना दिन विशेष वाक्यांशहरू प्रयोग गर्ने गर्छन् । उनीहरू सुभकामनाको लागि म्यान्डारिन सुन्तला पनि साटासाट गर्छन् ।

नयाँ वर्ष उत्सवको अन्तिम दिनलाई लालटिन पर्व भनिन्छ । यस दिन घरघरमा परिवारहरू चिप्लो चामलबाट बनेको पकौडि तथा गुजिया पकाउछन् र यी परिकारहरूलाई मीठो (गुलियो) सुपसँग खान्छन् ।

चाइना अथवा चाइनाटाउनका गल्लीहरू राम्रा राम्रा लालटिनहरूले सजाइएका हुन्छन । यो दिनमा परम्परागत रुपमा युवक तथा युवतीहरूले आफ्नो जिवनसाथी छान्ने चलन रहिआएको छ ।

धेरै बर्ष अघि चीनमा धनी परिवारका महिलाहरू नोकर्नीहरूसँग घर भन्दा बाहिर जाने अनुमती पाएका समय थियो । फोटो :सिन्ह्वा

चिनिया नव वर्ष गत सालहरुमा कहिले पर्यो र आउने सालहरुमा कुन दिन पर्छ भन्ने जान्न यो तालिका हेर्नुहोस् :

जनावर मितिहरू अन्य मितिहरू
鼠 मुसा फेब्रुअरी १९, १९९६ फेब्रुअरी ७, २००८ जनवरी २५, २०२०
牛 गोरु फेब्रुअरी ७, १९९७ जनवरी २६, २००९ फेब्रुअरी १४, २०२१
虎 बाघ जनवरी २८, १९९८ फेब्रुअरी १४, २०१० फेब्रुअरी २५, २०२२
兔 खरायो फेब्रुअरी १६, १९९९ फेब्रुअरी ३, २०११ जनवरी २७, २०२३
龍 अजिङ्गर फेब्रुअरी ५, २००० जनवरी २३, २०१२ फेब्रुअरी १४, २०२४
蛇 सर्प जनवरी २४, २००१ फेब्रुअरी १०, २०१३ जनवरी १९, २०२५
馬 घोडा फेब्रुअरी १२, २००२ जनवरी ३१, २०१४ फेब्रुअरी २१, २०२६
羊 बाख्रा फेब्रुअरी १, २००३ फेब्रुअरी १९, २०१५ फेब्रुअरी २६, २०२७
猴 बाँदर जनवरी २२, २००४ फेब्रुअरी ८, २०१६ जनवरी १४, २०२८
雞 भाले फेब्रुअरी ९, २००५ जनवरी २८, २०१७ फेब्रुअरी २, २०२९
狗 कुकुर जनवरी २९, २००६ फेब्रुअरी १६, २०१८ फेब्रुअरी १७, २०३०
豬 सुँगुर फेब्रुअरी १८, २००७ फेब्रुअरी ५, २०१९ जनवरी २०, २०३१
Facebook Comments