Tue. Jul 28th, 2026

सार्वजनिक यातायातको भाडा बढ्यो

       

काठमाण्डौ, २०७९ जेठ ३ गते मंगलबार । यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।

विभागले सार्वजनिक यातायातको ३.५ देखि ५.१ प्रतिशतको दरले भाडा वृद्धि गरेको जनाएको छ। जसमा यात्रु वहाक सवारी साधनको भाडामा ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ र तराईका बाटोमा सञ्चालन हुने माल बहाक सवारीको भाडामा ५.१ वृद्धि गरेको छ। यातायातको भाडा वृद्धि गर्नुपर्ने मुख्य कारणमा विभागले डिजेलको मूल्य वृद्धि हुनुलाई जनाएको छ। गोरखापत्र अनलाईन

वृद्धि गरिएको भाडाको विवरण  :

अन्तरप्रदेशभाडादर2022-05-17_05-15-26-239

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read