Tue. Apr 23rd, 2024

रूसी राष्ट्रपति पुटिन साउदी अरबमा

रियाद, २७ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब पुगेका छन । उनी अहिले साउदी अरबको राजधानी रियादमा रहेको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ ।

यो भ्रमणलाई उनको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उनले मङ्गलवार संयुक्त अरब इमिरेट् (युएई)को पनि भ्रमण गर्ने भएका छन् । दुई अरबी मुलुकसँग राष्ट्रपति पुटिनले दुई पक्षीय साझा चासोका बारेमा छलफल गर्ने एजेण्डा रहेको अधिकारीहरुले जनाएका छन् ।

साउदी अरबमा पुटिनलाई गभर्नर राजकुमार फैसल विन बन्दर विन अब्दुलाजिज अल साउदले स्वागत गरेका थिए । रुसका राष्ट्रपति पुटिनको भ्रमणलाई साउदी अरबका विदेशमन्त्री अडेल अल जुविरले “ऐतिहासिक” भ्रमणको संज्ञा दिएका छन ।

भ्रमणका क्रममा दुई पक्षीय कुनै सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

Facebook Comments