Sun. Jun 2nd, 2024

त्रिकोणात्मक टी–२० आई सिरिजमा विजेता नेपाली खेलाडीले जनही २ लाख पुरस्कार पाउने

काठमाण्डौं, २०७८ चैत ३० गते बुधबार । अघिल्लो साता घरेलु मैदानमा सम्पन्न मलेसिया र पपुवा न्युगिनीसँग त्रिकोणात्मक टी-२० आई सिरिजमा विजेता नेपाली खेलाडीले जनही २ लाख पुरस्कार पाउने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार १६ खेलाडीले २-२ लाख नगद पुरस्कार पाउनेछन् । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । नेपालले फाइनलमा पीएनजीलाई ५० रनले हराउँदै उपाधि जितेको थियो । नेपालले अपराजित रहँदै उपाधि जितेको थियो ।

Facebook Comments