Sun. May 19th, 2024

ग्लोबल आँखा अस्पतालले गर्यो रेटिनोब्लास्टोमा भएका बालबालिकाको अभिभाबकहरुसँग अन्तक्रिया

काठमाण्डौं, २०७८ चैत ३० गते बुधबार । ग्लोबल आँखा अस्पताल काठमाडौले रेटिनोब्लास्टोमा भएका बालबालिकाको परिवारहरु सँग अन्तक्रिया कार्यक्रम गरेको छ । ग्लोबल आँखा अस्पतालका संचालक बरिष्ठ आँखा रोग बिशेषज्ञ डा.बेन लिम्बु र जर्मनिकी पत्रकार मोनिका कोनिङ र उहाँका श्रीमान ग्रेगर कोनिङको सहकार्यमा कार्यक्रम गरिएको हो । आफ्नी छोरी कमिला कोनिङपनि रेटिनोव्लास्टोमाको बिरामी भएकाले उहाँहरुले लामो समयदेखि बिश्वका बिभिन्न देशहरुमा रेटिनोब्लास्टोमा बिरुद्ध अभियान चलाउदै आउनुभएको छ ।

कार्यक्रममा देशभरका रेटिनोब्लास्टोमा भएका केही बालबालिका र उनिहरुको अभिभावकहरुको उपस्थिति रहेको थियो । यस्तै डा.लिम्बु र उहाँका सहयोगीहरुले १३ जना बिरामीहरुलाई नयाँ कृतिम आँखा पनि निशुल्क रुपमा बितरण गर्नुभएको छ । १५ हजार जना मध्ये १ जनामा देखिने यो दुर्लव रोगको यो बर्ष ४७ जना बिरामीहरु रहेका छन् । त्यो मध्ये पनि १३ जना भने नयाँ बिरामीे पहिचान भएको डा. लिम्बुले जानकारी दिनुभयो ।

रेटिनोब्लास्टोमा बच्चा जन्मेको ८ महिला देखि १२ महिनामा पहिचान हुने गरेपनि नेपालमा जनचेतनाको कमी,कमजोर आर्थिक अवस्थाले गर्दा रोगको ढिलो पहिचान हुने गरेको ग्लोवल आँखा अस्पतालका संचालक तथा वरिष्ठ आँखा रोग बिशेषज्ञ डा. लिम्बुको भनाई छ ।

उहाँले भन्नुभयो “यो रोगको पहिचान चाडैँ हुन्छ तर अभिभावकहरुमा उचित ज्ञान नहुँदा उहाँहरुले बच्चालाई आँखामा के भैरहेको छ भन्ने थाहा पाउनुहुन्न, कतिपय भने आफ्नो बच्चाको आँखामा समस्या रहेको थाहा हुँदा हुँदैपनि पैसाको अभावमा अस्पताल सम्म आइपुग्न सक्नुहुन्न” । समयमानै यो रोग पहिचान भएमा बालबालिकाको दृष्टि समेत बचाउन सकिन्छ यदि ढिला पत्ता लागेको खण्डमा भने आँखाको डल्लोनै फाल्नुपर्ने र समय भन्दा धेरै पछि थाहा पाएको खण्डमा भने बालबालिकाको मृत्युनै हुने अवस्था श्रीजना हुने डा.लिम्बुले बताउनुभयो ।

रेटिनोब्लास्टोमा भएका बालबालिकाले समेत स्कुलहरुमा र छिमेकमा साथीहरुसँग खेल्दा साथीहरुले जिस्काउने गरेको अनुभव सुनाएका थिए । आफ्नो बालबालिकाहरुको जस्तै समस्या भएका अन्य बिरामीहरुका अभिभाबकसँग भेट्दा आत्मबल बढेको भन्दै सहभागि अभिभावकले डा.लिम्बुलाई धन्यबाद समेत दिएका थिए ।

रेटिनोब्लास्टोमाका अभियानकर्ता कोनिङ परिवारले यो रोगसँग लड्ने बिरामी र परिवारका सदस्यहरुलाई केहि सहयोग होस भन्ने अपेक्षाले कास kaks फाउन्डेसन खोल्नुभएको छ, जुन गुगल प्ले स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिने र आफ्ना कुराहरु राख्ने सकिने बताइएको छ ।

Facebook Comments