Fri. Oct 18th, 2024

चीनका दुईवटा अधिवेशनमा महिलाहरुको शक्ति

काठमाण्डौं, २०७८ फागुन २५ गते बुधबार । चीनमा हरेक वर्ष आयोजना हुने दुईवटा अधिवेशनले “मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवस”सँग भेट्ने गरेका छन्।

यो वर्षौदेखिको अनौठो संगम पनि हो । दुईवटा अधिवेशनमा रहेका महिला प्रतिनिधि र महिला सदस्यहरुले हरेक वर्ष आफुलाई तोकिएको जिम्मेवारी पुरा गर्दै राजनीतिक मामिलामा भाग लिंदै यो दिवस मनाउने गरेका छन्। उनीहरु दुईवटै अधिवेशनमा एउटा सुन्दर दृश्य समेत बनेका छन्।

तेह्रौं राष्ट्रिय जन काँग्रेसका २ हजार ९ सय ८० जना प्रतिनिधिहरुमध्ये महिला प्रतिनिधिहरुको संख्या ७ सय ४२ जना रहेको छ भने जन राजनीतिक परामर्शदातृ सम्मेलनका २ हजार १ सय ५८ जना सदस्यहरुमध्ये महिला सदस्यहरुको संख्या ४ सय ४० जना रहेको छ। चालु वर्षको दुईवटा अधिवेशनमा महिला प्रतिनिधिहरुको संख्या बढाउने निर्णय प्रस्ताव पारित हुनेछ। अरु बढी महिला प्रतिनिधि र सदस्यहरुले चीनको राजनीतिक मञ्चमा सक्रिय भूमिका निर्वाह गरेर सामाजिक विकासलाई अघि बढाउने अपेक्षा गरिएको छ ।

चीनको राजधानी पैचिंगमा मार्च ४ र ५ तारिखदेखि सुरु भएका दुवै अधिवेशनहरुमा सहभागी भएका जनप्रतिनिधिहरुले विश्व रंगमञ्चमा चीनको भूमिका र चिनियाँ जनताको समुन्नतीको सपनालाई कसरी अझ उच्च बनाउन सकिन्छ भनेर व्यापक रुपमा छलफल गरिरहेका छन् ।

Facebook Comments