Fri. Oct 18th, 2024

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा फ्रान्स र जर्मनीका नेतासँग भिडियो शिखर सम्मेलनको आयोजना

फाईल फोटो

काठमाण्डौं, २०७८ फागुन २५ गते बुधबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च ८ तारिख दिउँसो पैचिङमा फ्रान्सका राष्ट्रपति एममानुएल म्याक्रोन र जमर्नीका चांसलर ओलाफ स्चोल्जसँग भिडियो शिखर सम्मेलनको आयोजना गर्नुभएको छ।

भिडियो शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सीले निरन्तर रूपमा आपसी हितयुक्त र साझा जीत हुने सिद्धान्त बमोजिम हरित र डिजिटल साझेदारी सम्बन्ध र विभिन्न क्षेत्रमा रहेका वास्तविक सहकार्यलाई गहन पार्दै जान फ्रान्स र जमर्नीलाई आह्वान गर्नुभयो।

फ्रान्स र जर्मनीका नेताहरूले सफलताका साथ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको आयोजना गरेकोमा चीनलाई बधाई व्यक्त गर्नुभएको छ। आगामी दिनहरूमा चीनसँगै मिलेर युरोप चीन नेता बीचको भेटघाटको राम्रोसँग आयोजना गर्नुका साथै फ्रान्स चीन, जर्मनी चीन र युरोप चीन सम्बन्धलाई निरन्तर रूपमा अघि बढाउँदै जान युरोप इच्छुक रहेको कुरा पनि उहाँहरूले बताउनुभएको छ।

भिडियो शिखर सम्मेलनमा दुवै पक्षले मुख्यत: वर्तमान युक्रेनको परिस्थितिबारे पनि वैचारिक आदान प्रदान गरेका छन्। सीआरआई

Facebook Comments