Wed. Dec 25th, 2024

संसदमा एमसीसी टेबुल भएपछि नयाँ बानेश्वर क्षेत्रमाआन्दोलन झनै उग्र

काठमाण्डौं, २०७८ फागुन ८ गते आईतबार । संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल भएपछि काठमाण्डौंको नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन झनै उग्र भएको छ । त्यसक्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि अवस्था तनावपूर्ण भएको हो ।

 

 

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि सुरूमा पानीको फोहोरा हानेको थियो ।

 

केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।

Facebook Comments