Wed. Dec 25th, 2024

सांसद दुर्गा पौडेल भन्नहुन्छ, ‘एमसीसी संसदमा टेबल भए विपक्षमा मत दिन्छौं’

काठमाण्डौं, २०७८ फागुन ८ गते आईतबार । अमेरिकी सहयोग परियोजना एमसीसीको विरुद्धमा लामो समयदेखि संघर्ष गरिरहेको राष्ट्रिय जनमोर्चाले एमसीसी संसदमा टेबल भए विपक्षमा मत दिने बताएको छ ।

सो पार्टीका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले भन्नुभयो, ‘एमसीसी टेबल गर्न नै हुन्न । पेलेर पेश गरे विपक्षमा मतदान गर्छौं ।’

सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आज विहान भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । बैठकमा जनमोर्चालाई भने बोलाइएको थिएन ।

Facebook Comments