Mon. May 6th, 2024

वितेको २४ घण्टामा २४ सय ४८ संक्रमित, दुई जनाको मृत्यु

काठमाण्डौं, २०७८ पुस २८ गते बुधबार । पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार ९ हजार ५१ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी तीन हजार ९ सय ८५ जनाको एन्टीजेन परीक्षण गर्दा ६ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता डा. मिश्राले दिनुभएकाे जानकारी अनुसार २४ घण्टामा २७८ जनाले कोरोना जितेका छन्।

त्यसैगरी बुधबार कोरोनाले दुई जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा दुई लाख १४ हजार ५७ जनाले खोप लगाएका छन् ।

Facebook Comments