Sun. May 19th, 2024

कोरोना संक्रमण बढेसंगै सिंहदरबार प्रवेशमा कडाई, स्थायी र अस्थायी परिचयपत्र खारेज

काठमाण्डौं, २०७८ पुस २८ गते बुधबार । गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि आज एक सूचना जारी गर्दै मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाई गरेको हो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका स्थायी र अस्थायी परिचयपत्र खारेज भएका भएका छन् ।

अब  नयाँ परिचयपत्रका लागि आवश्यकता हेरेर गृह मन्त्रालयले पूर्वसहमति दिनुपर्नेछ । पत्रकरको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्र मान्य हुनेछ ।

सिंहदरबार प्रवेशका लागि सहमति आवश्यक भएमा गृह मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ । सरसफाइसँग सम्बन्धित व्यक्ति भने यसअघि जारी भएका पास, अस्थायी परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाउनेछन् ।

 

Facebook Comments