Sat. Oct 19th, 2024

नेपाली कांग्रेसको महाधिवेशन : ४७४३ मध्ये ४६७९ मत खस्यो, मतगणनाको तयारी गरिदै

काठमाण्डौं, २०७८ मंसिर २८ गते मंगलबार । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

निर्वाचन समितिका अनुसार कांग्रेसमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ मत खसेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६४ महाधिवेशन प्रतिनिधिले मत हाल्नु भएन ।

मतदान सकिएपछि सभापति पदको मतपेटिका मत गणनास्थलमा पुर्‍याइएको छ । उक्त स्थानमा सुरक्षाका लागि पाँच वटा सीसीटीभी जडान गरिएको छ । सभापति पदको मतगणना केही बेरमा सुरु हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । सभापतिका तीन वटा मत पेटीका छन् ।

Facebook Comments