Fri. Nov 15th, 2024

चीन-अफ्रिका सहयोगको नयाँ अवसर-स्वास्थ्य बाटो

काठमाण्डौं, २०७८ मंसिर १५ गते बुधबार । चीन-अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्री स्तरीय सम्मेलन नोभेम्बर २९ र ३० तारिख सेनेगलको राजधानी डाकारमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा भिडियोमार्फत सम्मेलनको उद्घाटन समारोहलाई मुख्य विषयमा सम्बोधन गर्नुभएको छ। सीले चीन र अफ्रिकाले नयाँ ढाँचाको अन्तर्राष्ट्रिय सम्बन्धलाई नमूना प्रदान गरेको भन्दै सम्मेलनले उच्च स्तरीय चीन-अफ्रिका भाग्य समुदायको रचनालाई बढाउने विश्वास आफूले लिएको उल्लेख गर्नुभयो।

केही वर्षयता चीन-अफ्रिका सहयोग मञ्चको प्रारूपमा चीन र अफ्रिका स्वास्थ्य सहयोगलाई दुई पक्षको शीर्ष दश सहयोग कार्यक्रम र शीर्ष आठ गतिबिधिमा राखिएको छ र तिव्र विकास अवधिमा प्रवेश भएको छ। अचानक कोभिड-१९ महामारीले मानवजातिलाई ठूलो चुनौति देखाउनुका साथै चीन-अफ्रिका स्वास्थ्य समुदायको महत्व पनि फेरि एक पटक प्रमाणित गरेको छ।

चीन र अफ्रिकाले चीन-अफ्रिका सहयोग मञ्चको आठौँ मन्त्री स्तरीय सम्मेलनलाई नयाँ सुरूवातको रूपमा राखेर चीन-अफ्रिका स्वास्थ्य समुदायको रचना गर्न अरू प्रयास गर्नेछन्। सीएमजी

Facebook Comments