Tue. Apr 21st, 2026

अमेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल  

       

काठमाण्डू । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्नुभएको छ ।

सोमबार यहाँ आयोजित कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार एवं सुदृढीकरण गर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल भएको थियो । सो अवसरमा अमेरिकी प्रविधिगत दक्षता साझेदारी गर्ने उपायबारे पनि चर्चा गरिएको थियो ।

अमेरिकी सहायक विदेशमन्त्री पलले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको छ । “रास्वपाका सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जान्ने अवसर मिल्यो”, सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “अमेरिका-नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि छलफल भयो ।” अमेरिकी सहायक विदेशमन्त्री पल सोमबार काठमाडौँ आइपुग्नुभएको हो ।रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read