Fri. Oct 18th, 2024

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घन्टामै राजीनामा

काठमाण्डौ, २०७८ मंसिर ९ गते बिहीबार । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घन्टामै राजीनामा दिएकी छन्।

म्याग्डलेना यान्डरसन प्रधानमन्त्री भएको घोषणा बुधवार गरिएको थियो। तर उनको गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र बजेट पारित हुनसकेन।

“मैले सभामुखलाई आफूले राजीनामा गर्न चाहेको बताएकी छु,” यान्डरसनले संवाददाताहरूसँग भनिन्।

उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले आफूले “उग्र दक्षिणपन्थीसँग पहिलोपटक मस्यौदा गरिएको” बजेट स्वीकार गर्न नसकेको जनाएको छ।

यान्डरसनले आफूले अब एकल पार्टी नेतृत्वको सरकारको प्रधानमन्त्री हुन कोशिश गर्ने बताइन्।

“कुनै एक पार्टीले छोडेपछि गठबन्धन सरकारले राजीनामा दिनुपर्ने संवैधानिक अभ्यास रहेको छ,” सोसियल डेमोक्र्याट उनले बुधवार भनिन्।

“वैधानिकतामाथि प्रश्न उठ्ने सरकारको नेतृत्व गर्न चाहन्नँ।”

संसद्का सभामुखले आफूले पार्टीका नेताहरूसँग कुरा गर्ने बताएका छन्।

बुधवार यान्डरसन प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी थिइन्। स्वीडेनको कानुन अनुसार प्रधानमन्त्री हुनका लागि विपक्षमा बहुमत सदस्यले मत नदिए पुग्छ। बीबीसी

Facebook Comments