Fri. Oct 18th, 2024

फ्रान्सबाट यूकेतिर तस्करी गरी लगिएका आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

काठमाण्डौ, २०७८ मंसिर ९ गते बिहीबार । यूके प्रवेश गर्न चाहने आप्रवासीहरू बोकेको एउटा डुङ्गा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार उक्त दुर्घटना सन् २०१४ मा उसले अभिलेख राख्न थालेयता इङ्ग्लिश च्यानलमा भएको सबैभन्दा घातक हो।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू “उद्विग्न” भएको भन्दै यूकेले मानवतस्करहरूलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।

फ्रान्सका गृहमन्त्रीले मृत्यु हुने मानिसमध्ये पाँच महिला र एक बालिका रहेका बताउनु भएको छ ।

जेराल्ड डार्मानँले दुई जनाको उद्धार गरिएको र एक जना अझै हराइरहेको बताउनु भएको छ । बुधवार बेलुकी ३१ जनाको मृत्यु भएको भनिए पनि पछि त्यो सच्याइएको थियो। डुबेको डुङ्गामा ३४ यात्रु सवार थिए।

बेल्जियमको सीमानजिकै चार व्यक्तिलाई गिरफ्तार गरिएको बताउँदै गृहमन्त्री डार्मानँले भन्नुभयो । , “उनीहरूको तस्करी गर्ने यो समूहसँग सीधा सम्बन्ध भएको हाम्रो शङ्का छ।” पाँचौँ सन्दिग्ध व्यक्ति पनि पक्राउ परेका छन्। बीबीसी

Facebook Comments