Sat. Oct 19th, 2024

एमाले १० औँ महाधिवेशनमा चितवनका प्रत्येक घरमा निमन्त्रणा पत्र

काठमाण्डौं, २०७८ मंसिर ३ गते शुक्रबार । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा उद्घाटन सत्र र सौरहामा बन्द सत्र हुँदै छ । मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनको तयारीको क्रम चलेको छ । महाधिवेशनमा देशभरबाट झन्डै पाँच लाख नेता/कार्यकर्ता सहभागी हुने नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार चार सय ५३ छ । महाधिवेशनमा एक हजार नाै सय ९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको पाँच प्रतिशतसम्म मनोनित हुनेछन् ।

चितवनका प्रत्येक घरमा निमन्त्रणा पत्र

एमाले चितवनले महाधिवेशनको प्रचारप्रसार गर्न जिल्लाका प्रत्येक घरमा निमन्त्रणा पत्र पठाइएको छ । जिल्लामा रहेका ९८ वटै वडामार्फत निमन्त्रणा पत्र पठाइएको १० ‍औँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । पार्टीको वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणा पत्र वितरण सुरु गरिसकेको सुवेदीले जानकारी दिनुभयो । उज्यालो अनलाईन

Facebook Comments