Sat. Oct 19th, 2024

प्रधानन्यायाधीशद्वारा वार्ताका लागि बारलाई पत्र, बार भन्छ वार्ताको औचित्य छैन

काठमाण्डौं, २०७८ मंसिर ३ गते शुक्रबार । नेपाल बारको आन्दोलन चर्किरहेको बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गर्दै नेपाल बार एशोसिएशनलाई पत्र पठाउनुभएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई जबराले शुक्रबारउक्त पत्र पठाउनुभएको हो । बारको कार्यसमिति बैठकमा पत्रबारे जानकारी समेत गराइएको छ ।

बार महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीशको पत्र आए पनि त्यसको कुनै औचित्य नभएको बताउनुभयो । पौडेलले भन्नुभयो, ‘‘पत्र आएको छ । बैठकमा यसबारे जानकारी पनि गराइएको छ । तर, उहाँलाई हामीले प्रधानन्यायाधीश नै मानेका छैनौँ, यो पत्रको कुनै औचित्य छैन । हाम्रो आन्दोलन रोकिन्न । बटमलाइन भनेको राजीनामा नै हो ।’’

पत्रमा जबराले न्यायालयको शुद्धीकरण अभियानका लागि आफू तत्पर रहेको जानकारी दिनुभएको छ । उहाँले वार्ता र संवादबाट मात्र समस्याका निकास निस्कने भन्दै वार्ताका लागि बारलाई आह्वान गर्नुभएको हो । यसअघि पनि जबराले वक्तव्य जारी गरेर वार्ताका लागि आह्वान गर्नुभएको थियो ।

Facebook Comments