Sat. Oct 19th, 2024

चीन र अमेरिकाका राष्ट्रनायकहरूको भिडियो वार्ताद्वारा भावी विकासको दिशानिर्देश

काठमाण्डौं, २०७८ मंसिर १ गते बुधबार । पैचिङ समय नोभेम्बर १६ तारिख विहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भिडियो वार्ता गर्नुभएको छ। चीन र अमेरिकाको सम्बन्धको इतिहासमा दुई मुलुकका राष्ट्रनायकहरूले भिडियो वार्ता गर्नुभएको यो पहिलो पटक हो र चीन तथा अमेरिकाको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धको एक महत्वपूर्ण कुरा पनि हो।

चीनका उप परराष्ट्र मन्त्री श्य फङले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा यस पटकको वार्ता सदिच्छापूर्ण, गहन, रचनात्मक र फलदायक भएको बताउनुभयो। उहाँले यस पटकको वार्ता आगामी दिनमा चीन र अमेरिकाको सम्बन्धको विकासका लागि दिशानिर्देशक बन्ने र नयाँ शक्ति थपिने पनि उल्लेख गर्नुभयो।

उक्त वार्तामा दुई मुलुकका राष्ट्रनायकहरूले चीन र अमेरिकाको सम्बन्धको महत्वमा जोड दिनुभएको छ। सी चिनफिङले चीन र अमेरिकाको सम्बन्ध दुई मुलुकका लागि महत्वपूर्ण हुनुका साथै विश्वका लागि पनि महत्वपूर्ण रहेको कुरामा जोड दिनुभयो।

बाइडेनले दुई पक्षले दुई मुलुकका लागि जिम्मेवारी वहन गर्नुपर्ने र विश्वका लागि जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो।

दुई मुलुकका राष्ट्रनायकहरूले “नयाँ शीत युद्ध” को विरोध गर्नुभयो। सीले अमेरिकासँग “नयाँ शीत युद्ध” नगर्ने धारणालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले अमेरिकाले एशिया प्रशान्त क्षेत्रमा रचनात्मक र एकताका लागि हितकर हुने भूमिका निर्वाह गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

यस पटकको वार्ताअघि चीन र अमेरिकाबीचमा निरन्तर तनावपूर्ण सम्बन्धमा केही सकारात्मक संकेत देखिएको छ। नोभेम्बर १० तारिख चीन र अमेरिकाले ग्लास्गोमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तन सम्मेलनको बेलामा जलवायु कारवाहीसम्बन्धी संयुक्त घोषणा पत्र पारित गरेका थिए। यो दुई मुलुकको सम्बन्ध तनावपूर्ण बनेपछि प्राप्त भएको महत्वपूर्ण सहमति हो। यस पटकको वार्तामा दुई मुलुकका नेताहरूले प्राप्त गर्नुभएका अनेकौं सहमतिहरू चीन र अमेरिकाको सम्बन्धको स्थिरताका लागि हितकर हुनेछ। दुई पक्षका लागि हितकर हुनुका साथै विश्वका लागि पनि हितकर हुनेछ। सीएमजी

Facebook Comments