Thu. Apr 30th, 2026

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

       

काठमाण्डौं, २०७८ मंसिर १ गते बुधबार । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा आज साँझ काठमाडौं आईपुग्नु भएको छ ।

लुले भोली बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको सरकारी निवास वालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उहाँले शुक्रबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ। उक्त मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उहाँले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नुहुनेछ । रासस

Facebook Comments

सम्बन्धित समाचार