Sat. Oct 19th, 2024

प्रेस सेन्टर मोरङको चौथो सम्मेलन सम्पन्न, अर्जुन आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति गठन

महेश भट्टराई/विराटनगर, २०७८ मंसिर १ गते बुधबार ।  प्रेस सेन्टर नेपाल मोरङको चौथो जिल्ला सम्मेलन विराटनगरमा सम्पन्न भएको छ । साे सम्मेलनबाट तीनवटा समिति निर्वाचित भएका छन ।

बुधबार विराटनगरमा आयोजित सम्मेलनबाट जिल्ला समन्वय समिती, विराटनगर महानगर कमिटी र पूर्वी मोरङ शाखा निर्वाचित भएको हो । प्रेस सेन्टरले जिल्ला समन्वय समितिमा अर्जुन आचार्यको अध्यक्षतामा १७ सदस्यीय समिति निर्माण गरेको छ । यस्तै विराटनगर महानगर समितिमा श्रीमन्त भट्टराई र पूर्वी मोरङ शाखामा सरोज बस्नेतको अध्यक्षतामा १३/१३ सदस्यीय समिति निर्माण गरिएको छ ।

जिल्ला समन्वय समितिको खुल्ला उपाध्यक्षमा नविन कर्ण, समावेशी महिला उपाध्यक्षमा बविता साम्पाङ, सचिवमा हरि अधिकारी, सह-सचिवमा ज्योति शर्मा, राजेश राजवंशी र कोषाध्यक्षमा बाबुराम मुडियारी रहेका छन् । सदस्यहरुमा पवनकुमार शाह, शिवहाङ राई, मौसम लिम्बू, सुरज ढुंगाना, आशिका लम्साल, ऋषि राई, भगतराम चौधरी, सुमन कुरुम्बाङ, रामकुमारी राई र पुजन दास रहेका छन् ।

विराटनगर महानगर समितिको उपाध्यक्षमा अनिल श्रेष्ठ, सचिवमा प्रेम देवान, सह-सचिवमा राकेश कर्ण र कोषाध्यक्षमा सुजता लिम्बू चयन भएकी छन् । सदस्यहरुमा प्रियंका यादव, जय कामत, विनोद मेहता, बबिता लिम्बू, सुशील साह, निरज चौधरी, सुरन्जन लिम्बु, राजकुमार मण्डल र पूजा लम्साल रहेका छन् ।

यस्तै पूर्वी शाखा समितिका उपाध्यक्षमा डम्बर सेन्चुरी, सचिवमा सन्दिप राई र कोषाध्यक्षमा एलिना दियाली रहेकी छन् । सदस्यहरुमा गोपाल नेपाली, सृजना धिमाल, संगीता चाम्लिङ, क्रान्ति लिम्बू, सुमन सुब्बा, सम्झना राई, अनिल विक्रम चौहान, महेश भट्टराई र संगीता चाम्लिङ छन् ।

सम्मेलनबाट केन्द्रीय सम्मेलनका लागि ४ जना प्रतिनिधि छनौट गरिएको छ । जसमा किशन शाही, बिनु तिम्सिना, सत्यनारायण शर्मा र बबिता साम्पाङ राई छन् । यस्तै प्रदेश प्रतिनिधिमा अनिल श्रेष्ठ, प्रेम देवान, सन्दिप राई, सुजाता लिम्बू, एलिना दियाली र राकेश कर्ण चयन भएका छन् ।

सम्मेलनमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइराला, प्रेस युनियन मोरङका उपाध्यक्ष कौशल निरौला र संघीय प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

माओवादी नेताहरु अछामि, लिम्बू, उप्रेती, यादव तथा प्रेस सेन्टरका नेता गौतम, प्रदेश इन्चार्ज केडी तथा संयोजक राई लगायतले प्रेस सेन्टरको आगामि भूमिको विषयमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनमा भने पूर्व मन्त्री तथा राष्ट्रियसभा सदस्य गोपी आछामी, प्रदेश सांसद तथा माओवादी केन्द्र मोरङका सह-इन्चार्ज कूलप्रसाद साम्बा, माओवादी मोरङका संयोजक गणेश उप्रेती (सुशिल), विराटनगरका सह-इन्चार्ज हेम कार्की विशाल, संयोजक भोगेन्द्र यादव, प्रेस सेन्टरका केन्द्रीय कार्यालय सदस्य तथा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव विवेक गौतम, संगठनको १ नम्बर प्रदेश इन्चार्ज राजन केडी, प्रदेश संयोजक श्रीशीसा राई, केन्द्रीय सदस्यहरू भक्तशेर लिम्बू, गणेश लम्साल, नवराज कट्टेल, सुरेश कार्की, सुजन तिम्सिना, प्रदेश सदस्यहरु विनोद घिमिरे र किशन शाही लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments