Tue. Jun 23rd, 2026

विदेसिन बाध्य युवाका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने- राष्ट्रपति भण्डारी

तस्बिरः विकास द्वारे

       

काठमाडौं, २०७८ असोज १५ गते शुक्रबार । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै रोजगारीको अवसर नपाएर विदेसन बाध्य युवाका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार रााजधानीमा आयोजित जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद्को  उद्घाटन गर्नुहुँदै उहाँले मुलुकको समग्र विकासको प्रक्रियालाई नागरिकको आकांक्षा अनुरुप पूर्णता दिनुपर्ने खाँचो बताउनुहुदै देश विकासमा नयाँ चुनौतीको सामाना गर्नुपरेको पनि बताउनुभयो ।

अर्थतन्त्रको मूल आधारको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि उद्यमशीलताको अवसर र व्यवस्थापपकीय सीप उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने धारणा पनि राष्ट्रपति भण्डारीले राख्नुभयो । गोरखापत्र अनलाईन

Facebook Comments