Wed. Sep 25th, 2024

विधान महाधिवेसनमा एमाले अध्यक्ष ओलीद्वारा ४४ पृष्ठको प्रतिवेदन प्रस्तुत

काठमाडौं, २०७८ असोज १५ गते शुक्रबार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा ४४ पृष्ठमा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रतिवेदनमा संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्न आहवान गरिएको छ ।

प्रतिवेदनमा अध्यक्ष ओलीले २०७४ फागुन ३ गते एमालेकाे नेतृत्वमा सरकार गठन हुँदाको उत्साहपूर्ण वातावरण र परिस्थिति, नयाँ प्रणाली संविधानतः संस्थागत हुँदै गरेको अवस्था, बहुमतको सरकारले खडा गरेको राजनीतिक स्थिरताको आधार, सुरु हुँदै गरेको समृद्धिको यात्रामा आज अवरोध सिर्जना भएको बताउनुभएकाे छ ।

उहाँले नयाँ युगतर्फको यात्रा गन्तव्यहीन हुन पुगेको प्रतिवेदनमा उल्लेख गर्नुभएकाे छ । ‘सरकार बदल्ने मात्रै होइन, पछिल्ला राजनीतिक घटनाहरुको अन्तरनिहित उद्देश्य विगत केही वर्षको अथक प्रयासबाट तयार गरिएको र अगाडि बढाइएको राष्ट्रिय हितको रक्षा र स्वाभिमान वृद्धिका उपलब्धिलाई उल्ट्याउने कुरामा केन्द्रित छ’, ओलीले प्रतिवेदनमा भन्नुभएकाे छ ।

देशलाई पुनः अस्थिरता, अन्याेल र द्वन्द्वतिर धकेल्दै राष्ट्रिय एकतालाई कमजोर गर्ने र बाह्य चलखेल बढाउन प्रवृत्त रहेकाे ओलीकाे निष्कर्ष छ । उहाँले जनतामा जागेको आत्मविश्वास, भरोसा र आशामाथि तुषारापात गर्दै त्यसै अन्याेलभित्र निहित स्वार्थ पूरा गर्ने कुरामा वर्तमान राजनीति केन्द्रित भएकाे बताउनुभएकाे छ ।

प्रतिवेदन हेर्न तलको लिंक थिच्नुहोस् ।

kp oli full speech

Facebook Comments