Sat. Oct 19th, 2024

मानव अधिकारको निहुँमा चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरिएको भन्दै भेनेजुयला र बेलारुसद्वारा विरोध

काठमाण्डौं, २०७८ असोज ११ गते सोमबार । जेनेभामा सेप्टेम्बर २४ तारिख आयोजित संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ४८ औँ सम्मेलनमा ६५ देशका तर्फबाट पाकिस्तानले संयुक्त सम्बोधन गर्दै हङकङ, सिन्च्याङ र तिब्बत चीनको आन्तरिक मामिला रहेको र वाह्य क्षेत्रले त्यसमाथि हस्तक्षेप गर्नु नहुने कुरामा जोड दिएको छ। भेनेजुयला र बेलारुसका राजदूतले विभिन्न मुलुकको सार्वभौमिकता, स्वतन्त्रता र प्रादेशिक अक्षुण्णताको सम्मान गरी सार्वभौमिकता रहेको मुलुकको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्नु अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मापदण्ड रहेको बताउनु भयो।

संयुक्त राष्ट्र संघको जेनेभा प्रतिनिधि मण्डलका लागि भेनेजुयलाका राजदूत सालाइसले अमेरिका, क्यानाडा, बेलायत र युरोपेली संघले मानव अधिकारको निहुँ खोजेर सिन्च्याङका नागरिक र निकायलाई एकतर्फी अबैध रुपमा कडा कदम चालेकोमा भेनेजुयलाले कडा शब्दमा निन्दा गरेको बताउनु भयो ।

संयुक्त राष्ट्र संघको जेनेभा प्रतिनिधि मण्डलका लागि बेलारुसका राजदूत आन्बुलाजभिकीले सोही दिनको संयुक्त सम्बोधनमा राष्ट्र संघको बडा-पत्रको सिद्धान्तको पालना गरी आफ्नो मुलुकको स्थिति बमोजिम मानव अधिकारको विकास गर्ने मार्ग छनौट गर्न विभिन्न मुलुकका जनताको स्वतन्त्र अधिकारको सम्मान गर्ने आह्वान गरिएको विचार व्यक्त गर्नुभयो। सीआरआई

Facebook Comments