Sat. Oct 19th, 2024

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाण्डौं, २०७८ असोज ११ गते सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सो अध्यादेश खारेज गर्नुभएको हो । साे कुरा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments