Wed. Sep 25th, 2024

चीन दृढताका साथ आफ्नो राष्ट्रिय अवस्था अनुकूल हुने मानव अधिकारको विकास हुने बाटोमा डटिरहने

काठमाण्डौं, २०७८ असोज ९ गते शनिबार । संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को ४८ औं सम्मेलन यतिबेला जेनेभामा चलिरहेको छ। चीनका उप परराष्ट्र मन्त्री मा चाउस्युले पत्रकारसँग कुराकानी गर्दै चीन मानव अधिकार परिषद्को ४८ औं सम्मेलनमा सहभागी भएको सम्बद्ध अवस्थाबारे जानकारी दिनुभएको छ।

उप परराष्ट्र मन्त्री माका अनुसार, हरेक मानिसले मानव अधिकारको उपभोग गर्नसक्ने कुरा समस्त मानव जातिको साझा कल्पना हुनुका साथै चीनका लागि साकार तुल्याउन खोजेको लक्ष्य पनि हो। चिनियाँ कम्युनिष्ट पार्टीको १ सय वर्ष मानव अधिकार खोजेको, मानव अधिकारको सम्मान गरेको, मानव अधिकारलाई प्रत्याभुति दिएको र मानव अधिकारको विकास गरेको १ सय वर्ष नै हो।

चीनले दृढताका साथ आफ्नो राष्ट्रिय अवस्था अनुकूल हुने मानव अधिकारको विकास हुने बाटोमा डटिरहनुका साथै सक्रियताका साथ विश्व मानव अधिकारको सञ्चालन कार्यमा भाग लिई अन्तर्राष्ट्रिय मानव अधिकार कार्यको स्वस्थ विकासलाई प्रवर्द्धन गर्नका लागि अथक प्रयास गर्दै जाने कुरामा पनि उप परराष्ट्र मन्त्री माले जोड दिनुभएको छ। सीआरआई

Facebook Comments